+
+
Shares

कालापानीमा तत्काल उच्चस्तरीय अनुगमन गर्न प्रदेश सरकारको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते ६:४९

२९ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा लिपुलेक कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गर्न संघीय सरकारसँग माग गरेको छ । भारतले नेपाली भुमीमा सडक निर्माण गरेको कुरा उठेपछि मुख्यमन्त्री भट्टले उच्चस्तरीय अनुगमन गरी वास्तविकता ल्याउन माग गरेका हुन् ।

मुख्यमन्त्री भट्टले सार्वभौम राष्ट्रका जनताका लागि भूमि मिचिनु असैह्य भएको भन्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारीसँग बुझ्दा नेपाली भूमिमा सडक बनाएको भन्ने आएकाले तत्काल उच्चस्तरवाट अनुगमन भ्रमण गरी बास्तविकता सार्वजनिक हुनुपर्ने बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदले यसअघि नै उक्त सीमा क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गर्न, नेपाली जनताले नेपालकै भूमि भएर जान मिल्नेगरी पैदल मार्ग निर्माण गर्न र कूटनीतिक पहलबाट समस्याको हल गर्न निर्णय गरी संघीय सरकारसँग अनुरोध गरेको बताउदै अब विलम्ब नगरी तत्काल कार्यान्वयमा जान आग्रह गरे ।

मुख्यमन्त्री भट्टले नेपाली भूमी भएर नेपाली सीमासम्म आउ-जाउ गर्न पैदलमार्ग निर्माणमा प्रदेश सरकारले पनि बजेटमा सहकार्य गर्ने बताए ।

सुदूरपश्चिम प्रदेश दार्चुलाको लिपुलेक मिचिएको विषय उठाएर खबरदारी गर्ने सबैलाई धन्यवाद दिँदै मुख्यमन्त्री भट्टले राष्ट्रियताको यो विषयमा संयमित भएर एकजुट हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?