+
+

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते ९:३४

२९ बैशाख, काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि ८७ वर्षीय सिंहलाई नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई गएराति करिब पौने ९ बजेतिर अस्पतालमा लगिएको थियो । उनलाई कार्डियो थोरासिक वार्डमा निगरानीमा राखिएको छ । उनी डा. नीतिश नायकको निगरानीमा छन् । सन् २००९ मा डा. सिंहको वाइपास सर्जरी गरिएको थियो ।

पूर्वप्रधानमन्त्री सिंह हाल राजस्थानबाट राज्यसभा सदस्य छन् । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?