+
+
Shares

लकडाउनका बेला भारतबाट आएका थिए कपिलवस्तुका १० संक्रमित

टोपराज शर्मा टोपराज शर्मा
२०७७ वैशाख २९ गते १७:०७

२९ वैशाख, बुटवल । कपिलवस्तुमा सोमबार फेला परेका १० जना कोरोना संक्रमित एक साताअघि भारतको मुम्बई र पन्जाबबाट नेपाल आएको खुलेको छ ।

लकडाउनकै बीचमा उनीहरु सुरक्षाकर्मीको आँखा छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिकामा छिरेका हुन् ।

कोरोना संक्रमित १० जनामध्ये ८ जना यशोधरा गाउँपालिकाको पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा र अन्य २ जना बुद्धभूमि नगरपालिकाको अनिरुद्र पब्लिक मावि बैदौलीको क्वारेन्टाइनमा बसेका थिए ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर६४७८८१
आरडीटी३१२४०२
आइसोलेसनमा१५२७३
संक्रमित २५५२९
निको भएको२००७३
मृत्यु१८३
क्वारेन्टिनमा९४४८८
अपडेटः २०७७ भदाै ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

बुद्धभूमिका दुईजना मध्ये एकजना वडा नंं. ७ मानपुरका र अर्का वडा नं. १० धनकौलीका हुन् । भारतबाट आएर यशोधरा गाउँपालिका तथा कपिलवस्तु नगरपालिका र बुद्धभूमि नगरपालिकाका क्वारेन्टाइनमा बसेका २९० जनाको स्वाब शनिबार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकामा ९९ जनाको परीक्षण भएको भएको थियो ।

९९ जनामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्यको रिपोर्ट नेगेटिभ आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

कपिलवस्तुमा यसअघि फेला परेका ५ जना संक्रमित पनि लकडाउनकै समयमा प्रहरीको आँखा छलेर लुकिछिपी जिल्ला प्रवेश गरेका थिए । जिल्लाका १० पालिकाले सन्चालन गरेका क्वारेन्टाइनमा एक हजार ३७९ जना बसेका छन् ।

भारतका विभिन्न शहरबाट आएर कपिलवस्तुका विभिन्न नाकामा अहिले पनि एक हजार बढीको संख्यामा नेपालीहरु बसिरहेका छन् । उनीहरुमध्ये कतिपय रातिको बेला सुरक्षाकर्मीलाई छलेर जिल्ला प्रवेश गर्ने गरेका छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?