२९ वैशाख, काठमाडौं । भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुरक्षाका लागि खटाउने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिए ।
‘भीआईपी सुरक्षामा सशस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा खटाउने निर्णय भएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।
सीमा क्षेत्रमा हाल २२ हजार ६ सय १६ सुरक्षाकर्मी परिचालन भएका छन् । सीमामा सुरक्षा संयन्त्र बढाउने योजना बनाएको सरकारले त्यहीअनुरूप यस्तो निर्णय गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4