+
+

सीमामा सशस्त्र प्रहरीको पाँचगुणा बीओपी थप्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते २०:३५

२२ वैशाख, काठमाडौं । सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) बढाउने तयारी थालिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको निर्देशनपछि सशस्त्र प्रहरी बलले तयारीको खाका पनि गृहमा पेश गरेको छ । जसअनुसार ९ हजार सशस्त्र प्रहरीको जनशक्ति पनि थप गर्नुपर्ने भनिएको छ ।

सशस्त्रले पेश गरेको योजना गृह हुँदै मन्त्रिपरिषदबाट स्वीकृत भए सीमामा साढे ३ किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको उपस्थिति हुनेछ । गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईका अनुसार सीमामा बीओपी संख्या ५ सय पुर्‍याउने गरी तयारी भइरहेको छ ।

हाल सीमामा सशस्त्र प्रहरीका ५ हजार जनशक्ति खटिइरहेका छन् ।

कोभिड–१९ भाइरसको महामारीपछि पहाडी क्षेत्र र भीआईपी सुरक्षाबाट तानेर ८ हजार ३८३ थप जनशक्ति सीमा पठाइएको छ ।

अब दीर्घकालीन रुपमा सीमामा सुरक्षा उपस्थिति बढाउने गरी गृहले योजना अघि बढाएको एक अधिकारीले बताए । हाल उत्तरी सीमा किमाथांकामा एउटा र नेपाल–भारत सीमा गरी १ सय २२ वटा बीओपी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?