News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
- नियन्त्रणमा लिएका व्यक्ति दोलखाको भीमेश्वर नगरपालिका, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका र सुनसरीको धरान उपमहानगरपालिकाका हुन्।
- सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जानकारी दिनुभयो।
२० माघ, ललितपुर । सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखाको भीमेश्वर नगरपालिका – ९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहटको ला चन्द्रनिगाहपुर नगरपालिका घर भई ललितपुर बस्ने २२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राईलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरूलाइ पेस्तोलसहित थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4