+
+
Shares

सशस्त्रको दक्षिणकाली गणलाई ललितपुर महानगरले गर्‍यो पुरस्कृत

सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १६:०९
Listen News
0:00
0:30
🔊

२ पुस, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ ।

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ द्वारा सम्मान गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार ललितपुर महानगरपालिका पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणमा भएको स्थापना दिवसको अवसरमा गणलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

विपद् व्यवस्थापन तथा उद्धार कार्यहरूमा गणले पुर्‍याएको  योगदानको कदर स्वरूप महानगरपालिकाले  १ लाख नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको हो ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, सोही महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?