Comments Add Comment

प्रेमीको प्रशंसा गर्दै साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केही समयदेखि देवांशु जंगबहादुर राणाको प्रेममा छिन् । साम्राज्ञी र देवांशुले आफूहरुको प्रेमलाई लुकाएका छैनन् ।

साम्राज्ञी र देवांशु कहिलेकाही तस्वीरका कारणले चर्चामा पनि आउँछन् । तर, बजारमा जतीसुकै आलोचना भएपनि, गसिप लेखिएपनि यी दुइलाई खासै फरक परेको छैन । बरु, यी दुइको प्रेम झनै फराकिलो बन्दैछ ।

नायिका शाह देवांशुसँग आफ्नो जीवन नै व्यतित हुने बताउँछिन् । उनले, देवांशुको प्रशंसा गर्दै लेखेकी छिन्–‘उनी, मन भित्रबाट र बाहिर पनि अचम्मका छन् ।’

उनले, देवांशुलाई भेटेको पहिलो दिनबाट नै उनी आफ्नो लागि विशेष भएको भन्दै जीवनको अन्तिम क्षणसम्म आफ्नै हुने उल्लेख गरेकी छिन् ।
साम्राज्ञीको यो कुराले पनि के वुझिन्छ भने, यी दुई प्रेमको यात्रामा रमाइलोसँग पौडिरहेका छन् । आशा गरौ, साम्राज्ञी र देवांशुको प्रेम गाडी जीवनको अन्तिम क्षणसम्म दौडिरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment