Comments Add Comment

संक्रमितको संख्या बढेसँगै चीनको नयाँ सहरमा लकडाउन

२९ वैशाख, काठङ्गाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै चीनले शुलान सहरमा लकडाउन घोषणा गरेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो क्षेत्रमा कोरोना भाइरसका ११ नयाँ संक्रमित भेटिएका छन् । यी सबै संक्रमितमा एक कपडा धुने महिलाबाट कोरोना भाइरसको संक्रमण सरेको हो । ४५ वर्षकी यी महिलाबाट उनका पति, बहिनी र परिवारका अन्य सदस्यमा फैलिएको हो । तर, महिलाले हालै कुनै मुलुकको यात्रा गरेकी थिइनन् ।

यससँगै चीनले यो सहरको सबै सार्वजनिक स्थान बन्द गर्ने निर्णय गरेको छ भने स्थानीय प्रशासनले सबैलाई आफ्नो घरमा नै बस्न अनुरोध गरेको छ । साथै सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ । शुलान जिलिङ प्रान्तको एक सहर हो । यो सहर रुससँग सीमा जोडिएको हेइलोङजियाङको सीमामा पर्छ । पछिल्लो समय रुसबाट आउने मानिसहरुमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ ।

पहिलो लहरको कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन सफल भएको चीनले दोस्रो लहर फैलिन नदिन प्रयास गरिरहेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment