Comments Add Comment

स्याङजामा भिरबाट लडेर युवतीको मृत्यु

२९ वैशाख, काठमाडौं । स्याङजामा भिरबाट लडेर एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलिबजार नगरपालिका-१२ पेल्काचौर बस्ने २२ वर्षीया सुष्‍मा मल्ल रहेकी छन् ।

आफ्नै घरबाट अन्दाजी ३ किलोमिटर टाढा रहेको बग्रे भिरमा सोमबार बिहान घाँस काट्ने क्रममा लडेर उनी गम्भीर घाइते भएकी थिइन् । जिल्ला अस्पताल स्याङजामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment