
२९ वैशाख, काठमाडौं । जुम्लाका सांसद गजेन्द्र महतले लकडाउनका कारण धेरै मानिसको अवस्था दयनीय भएको भन्दै मानव समाजलाई कोरोना भाइरसबाट लुकाएर राख्न नसकिने बताएका छन् ।
‘लकडाउनले ठूलो राहत दिएको महसुस तपाईहरुले गरिरहनुभएको छ हामीले थला परेको महसुस गरेका छौ । कोरोनाबाट लुकाएर मानवसमाजलाई राख्न सकिन्छ कि सकिदैन ? बहसको विषय बनाउनुहोस्’ सांसद महतले प्रश्न गरे, ‘योसँग त फेस गर्नुपर्छ हामीले । यो सँग जुधेरै जानुपर्छ । लक डाउन गरेर मान्छेलाई कोरोनाबाट लुकाएर कति साध्य हुन्छ ?’
प्रतिनिधिसभामा प्रिबजेट छलफलमा भाग लिँदै उनले भ्यू टावर बनाउने बजेट कर्णालीमा विद्युत् पुर्याउने काममा लगाउन सुझाव दिए ।
‘अबका बजेटहरु भ्यू टावरमा जान भएन । त्यो मूर्ति बनाउने ठाउँमा जानु भएन । पार्कमा जान भएन । जहाँ प्राथमिकता छ त्यहाँ जानुप¥यो । हाम्रा लागि राष्ट्रिय गौरबको आयोजना, महाराष्ट्रिय गौरबको योजना भनेको पनि त्यही बत्ती हो’ उनले भने । अहिले पनि जुम्ला विद्युतको पहुँचबाट टाढा रहेको भन्दै उनले विद्युत आकाशको फल जस्तो भएको टिप्पणी गरे ।
सांसद महतले आफूले बत्ती र सडक पु¥याउँछु भनेर भोट मागेको ५ वर्ष सकिन लाग्दा पनि अहिलेसम्म नपुगको भन्दै अब चुनावमा मुख देखाउन पनि गाह्रो हुने धारणा राखे ।
‘मैले ५ वर्षमा २ वटा मात्रै कुरा राखेको छु बत्ती र सडक पुर्याउँछु भनेर । नीति तथा कार्यक्रममा पनि आयो सिद्धान्त र प्राथमिकतामा पनि पर्यो तर अहिलेसम्म बत्तिको ठेगान छैन । अब अर्को चुनावमा म कसरी जाने हो ?’ उनले प्रश्न गरे ।
प्रतिक्रिया 4