Comments Add Comment

इरानको मिसाइल आफ्नै पानी जहाजमाथि खस्यो, १९ जनाको मृत्यु

३० वैशाख, काठमाडौं । ओमानको खाडीमा इरानको एक मिसाइल आफ्नै पानी जहाजमा खसेको छ । जसको कारण १९ जना जलसेनाको मृत्यु भएको छ भने थप १५ जना घाइते भएका छन् ।

सैन्य अभ्यासमा इरानको जलसेनाको दुई जहाज सामेल थिए । इरानको स्थानीय सञ्चारमाध्यमका अनुसार एक एन्टिसिप मिसाइल परीक्षणको क्रममा यो दुर्घटना भएको हो ।

ओमानको खाडीमा चलिरहेको यो परीक्षणको क्रममा मिसाइल सैन्य उपकरण ओपारपसार गर्ने कोनारक नामको जहाजमा आएको ठोक्किएको थियो। यो घटना तेल आपूर्तिको सबैभन्दा महत्वपूर्ण रुट स्ट्रेट अफ हार्मुज नजिकै भएको हो ।

मिसाइललाई युद्धपोतबाट छाडिएको थियो । यो दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको इरानी जलसेनाले बताएको छ ।

इरानको सेनाले धेरैजसो यस किसिमको परीक्षण गर्ने गरेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार परीक्षणको क्रममा टार्गेट र जहाजको दुरीको ख्याल नगरिएको कारण यो दुर्घटना भएको हो । यो दुर्घटना इरानको राजधानी सहर तेहरानबाट एक हजार दुई सय ७० किलोमिटर दक्षिणपूर्वमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment