Comments Add Comment

‘कोपिला’ टेलिभिजनबाट रिलिज हुने

नेपाली चलचित्र भवनहरु लक डाउनका कारण कहिलेबाट संचालनमा आउँछन्, पक्का छैन । यहीकारणले पनि निर्माताहरुको करोडौ रकम जोखिममा परेको छ ।

तर, चलचित्र ‘कोपिला’को निर्माणपक्षले भने टेलिभिजनबाट चलचित्र रिलिज गर्ने तयारी गरेको छ । डीसहोमबाट यो चलचित्र रिलिज हुन लागेको निर्माणपक्षले बताएको छ ।

वैशाख ३० गते यो चलचित्रलाई डीसहोमको च्यानल नम्बर १०८ बाट रिलिज गरिनेछ । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको बिषयमा यो चलचित्र निर्माण भएको छ । चलचित्रको च्यारेटी शो हेटौडामा सम्पन्न भैसकेको छ ।

यो चलचित्रको दैनिक ८ शो प्रदर्शन गरिनेछ । लक डाउनका कारण हलमा चलचित्र रिलिज हुन ढिलाई भएपछि अन्य माध्यमबाट रिलिज गर्न लागिएको यो पहिलो नेपाली चलचित्र हो ।

गणेश गिरीको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् । चलचित्रमा शिवम् अधिकारीको निर्देशन छ । यो चलचित्रमा सरिता गिरी, गणेश गिरी, सन्जिवनी खरेल, प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ड लगायतका कलाकारको मुख्य भूमिका छ ।

कम बजेटमा निर्माण भएकाले पनि चलचित्रलाई अन्य माध्यमबाट रिलिज गर्न निर्माणपक्षलाई सहज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment