+
+
Shares

उपचाररत अनिल विरहीको स्वास्थ्यबारे बाबुराम भट्टराईको चासो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १९:०९

३० वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख अनिल शर्मा विरहीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

नेता विरही चितवनको भरतपुर अस्पतालमा उपचाररत छन् । गत वैशाख २३ गते घरमै लडेर घाइते भएका विरहीलाई प्रहरीले अस्पतालबाट पक्रेको थियो। उनको प्रहरी निगरानीमा उपचार भइरहेको जनाइएको छ ।

डा. भट्टराईले मंगलबार टेलिफोनमार्फत विरहीको स्वास्थ्यस्थितिबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

यसैगरी, कानुन व्यवसायीहरु कपिलचन्द्र पोखरेल, गंगा कोइराला, नारायण गिरी, गोपीलाल देवकोटाले पनि मंगलबार अस्पतालमा पुगेर विरहीको स्वास्थ्यअवस्था बारे जानकारी लिएका छन् । साथसाथै उनीहरुले कानुनी परामर्शसमेत गरेका जनाइएको छ ।

विरहीको परिवारले भने अस्पतालमा घण्टौंसम्म उपचार नगरी राखेको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?