+
+
Shares

प्रधानमन्त्रीको असन्तुष्टिपछि गृह सचिव र प्रहरी प्रमुख नाका निरीक्षणमा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १९:२५

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा लकडाउन खुकुलो भएको भन्दै मन्त्रिपरिषद बैठकमा असन्तुष्टि जनाएपछि गृह मन्त्रालय र नेपाल प्रहरीका उच्च अधिकृतहरुको टोली नागढुंगा नाकाको निरीक्षणमा निस्किएको छ ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुरप्रसाद ज्ञवाली, उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलगायतको टोली मंगलबार साँझ नागढुंगा नाकामा पुगेको हो ।

निरीक्षणमा निस्किएको टोलीमा महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापा, चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरि पनि छन् ।

कोरोना संक्रमितको संख्या बढिरहेका वेला नाकाबाट लुछिछिपी उपत्यका प्रवेश गर्ने तथा अत्यावश्यक कामविना पनि सवारीसाधन उपत्यका भित्रिने गरेको समेत सूचनाका आधारमा टोली निरीक्षणमा निस्किएको एक अधिकृतले बताए । उनका अनुसार टोली धादिङसम्म पुग्नेछ ।

मंगलबार मात्रै नेपालमा ५७ जना कोरोना संक्रमित भेटिएका छन् । र, गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बिहीबारबाटै सबै ई–पास पनि खारेज हुने गृहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?