+
+
Shares

साउदी अरेबियामा ६७४ नेपाली कामदारलाई कोरोना, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते २१:२१

३० वैशाख, काठमाडौं । नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मुलुक साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ६७४ पुगेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३३६ जना नेपाली संक्रमित भेटिएका छन् । यहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जनाएको छ ।

त्यहााको पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान लगायतमा) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएका छन् । कुल संक्रमितमा ११ जना नेपाली महिला छन् ।

संक्रमित भएका मध्ये थुप्रै नेपाली जना निको भई काममा फर्किसकेको जानकारी समेत प्राप्त भएको दूतावासले जनाएको छ ।

साउदी सरकारले दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भए देखि विभिन्न कारणले मृत्यु भएका ३१ नेपालीमध्ये १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२,९२५ पुगेको छ । सोमबार थप १,९११ जनामा संक्रमण भएको छ ।  कूल संक्रमितहरु मध्ये हालसम्म १५,२५७ जना निको भएका छन् । सोमबार एकै दिन २५२० जना निको भएका छन् ।

सोमबार ९ जना सहित आजसम्ममा जम्मा २६४ जना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?