+
+
Shares

भीआईपीका सुरक्षागार्डमा कोरोना देखिएको भन्दै नेकपा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते ९:४७

३१ वैशाख, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।

भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।

नेकपाको अर्को बैठकको मिति निश्चित छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?