+
+
Shares

बोर्डमा भुवन, दयाराम या अरू कोही ?

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १२:२३

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आधा दर्जनभन्दा बढी चलचित्रकर्मी आकांक्षी देखिएका छन्। चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आधा दर्जन बढीको आवेदन परेको छ ।

चलचित्र विकास बोर्डमा सदस्य पदमै रहेका निर्देशक दयाराम दाहाल, नायक भुवन केसीदेखि निर्माता अर्जुन कुमार, नायक सोहित मानन्धर, निर्देशक दीपक श्रेष्ठ, राजेन्द्र उप्रेती, कलाकार भीमा मैनाली, राजेश थापा, ध्यानबहादुर सुब्बा, परशुराम चौधरीलगायतले आवेदन बुझाएका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन बुझाएका चलचित्रकर्मीहरूले आफू अध्यक्ष हुने दाबी गरिरहेका छन् ।

तर, निर्देशक दयाराम दाहाल र नायक भुवन केसीबीच टक्कर हुने चर्चा चलचित्र बजारमा चल्न थालेको छ। निर्देशक दाहाल पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा निकट मानिन्छन् भने नायक भुवन केसीको सम्बन्ध नेताहरूसँग निकै नै राम्रो छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमेत भुवनलाई बोर्डमा ल्याउने बारेमा सकारात्मक छन् ।

उसो त, चलचित्र विकास बोर्डको अध्यक्ष पदमा पुगेका यसअघिका अध्यक्षहरूले खासै सुखद् काम गर्न सकेको इतिहास छैन । झन्, अहिलेको अवस्थामा पदमा पुग्ने चलचित्रकर्मीका लागि विकास बोर्डको अध्यक्ष पद फलामको चिउरा चपाए जस्तै हुने निश्चित छ ।

कोरोनाले थलिएको चलचित्र क्षेत्रलाई उकास्नका लागि विकास बोर्ड अध्यक्षले काम गर्नुपर्नेछ । चलचित्रकर्मीहरूको अवस्था कमजोर बन्दै गएको छ भने हलहरू पनि थलिएको अवस्थामा छ । यस्तो अवस्थामा बोर्डमा पुग्ने जोकोहीका लागि पनि कामको ठूलो ठेली नै लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?