+
+
Shares

महोत्तरीका कोरोना संक्रमित जनकपुरका पुस्तक व्यवसायी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १४:४३

३१ वैशाख, जनकपुरधाम । मंगलबार कोरोना संक्रमण पुष्टि भएका महोत्तरीका व्यक्ति लामो समयदेखि धनुषाको जनकपुरधाममै बस्ने गरेको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति धनुषाका २ जना र महोत्तरीका २ जना संक्रमित भएको जनाएको थियो । तर महोत्तरीका भनिएका एक व्यक्ति लामो समयदेखि जनकपुरधाममै बसोबास गर्दै आएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

पुस्तक व्यवसायीलाई संक्रमण भएको भनिएको छ नि, तिनै व्यक्ति महोत्तरीका हुन्’ निरौलाले भने, ‘उनी लामो समयदेखि जनकपुरै बसेर व्यवसाय गर्दै आएका छन् ।’

महोत्तरीका भनिएका १६ बर्षीय बालक पनि जनकपुरधाममा बस्दै आएको निरौलाले बताए । भारतबाट भागेर आएका ती बालकलाई नगराइनस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनबाटै उनको स्वाब संकलन गरिएको थियो ।

मन्त्रालयले धनुषाका २० बर्षीया महिला मिथिला नगरपालिका १० लालगढको भएको पाइएको छ । भारतको राजधानी दिल्लीमा श्रीमान् र छोरासँग बस्दै आएकी ती महिला परिवारसहित गत चैत १ गते नै फर्किएका प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए । उनीहरु ससुराको श्राद्धकर्मका लागि थिए । ती महिलाको श्रीमान र छोरामा भने कोरोना संक्रमण देखिएको छैन ।

मन्त्रालयले धनुषाका संक्रमित भनिएका अर्का व्यक्ति भने पत्रकार हुन् । संक्रमित चारै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याइसकिएको प्रजिअ निरौलाले बताए ।

निरौलाका अनुसार मन्त्रालयले भनेका महोत्तरीका ३५ बर्षीय पुरुष जनकपुरधामका पुस्तक व्यवसायी, १६ बर्षीय बालक क्वारेन्टाइनबाट भागेर आएका तथा धनुषाकी २० बर्षीया महिला मिथिला नगरपालिकाको लालगढका तथा ४० बर्षीय पुरुष पत्रकार हुन् ।

प्रादेशिक अस्पतालको आइसोलेसनमा ५ जना

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा ५ जना संक्रमितलाई राखिएको छ । धनुषामा संक्रमित देखिएका ४ जना र सर्लाहीका एक जना मानसिक सन्तुलन गुमाएका संक्रमित व्यक्तिलाई राखिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

मानसिक सन्तुलन गुमाएका व्यक्तिको स्वाब लिएलगत्तै उनी भागेको बताउँदै निरौलाले रिेपोर्ट पोजेटिभ आएपछि बिहानै उनलाई घरबाट ल्याएर आइसोलेसनमा राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?