Comments Add Comment

गोरखा भित्रिने नाकामा सेना र सशस्त्र प्रहरी खटाइने

३१ वैशाख, गोरखा । गोरखा भित्रने नाकामा नेपाली सेना र सशस्त्र प्रहरी खटाइने भएको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

तनहुँको आवुखैरेनीबाट गोरखा भित्रिने मुख्य नाका मझुवामा नेपाली सेना र प्रहरी परिचालन हुने समिति संयोजक एंव प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । धादिङबाट गोरखा भित्रिने आरुघाट पुल र तनहूँबाट गोरखा भित्रिने तुरतुरे पुलमा सशस्त्र र नेपाल प्रहरी खटाइने उनले जानकारी दिए ।

उनका अनुसार धादिङबाट गोरखा भित्रिने घ्याल्चोकको सिउरेनीटार नाका र तनहूँबाट गोरखा भित्रिने च्याङ्लीको नयाँ पुल नाकामा प्रहरी खटिनेछन् ।

‘ती नाकाहरुमा भोलिबाट नेपाल प्रहरीको साथमा सेना र सशस्त्र खटिन्छन्,’ प्रजिअ पौडेलले भने, ‘उनीहरुबाट २४ सै घण्टा चेकजाँच हुन्छ ।’ लकडाउनलाई थप प्रभावकारी बनाउन नाकामा कडाई गर्न लागिएको उनले बताए ।

मानिस आवतजावतमा पनि कडाइ गरिने उनको भनाइ छ । ‘बाहिरबाट कोही मान्छे जिल्ला भित्रिन लागे भने सम्बन्धित वडा वा पालिकासँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएर मात्र पठाउछौ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment