Comments Add Comment

भारतमा कोरोना : २४ घण्टामा १३४ को मृत्यु, ३ हजार ७२२ संक्रमित

१ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार पाँच सय ४९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७८ हजार तीन पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा तीन हजार ७ सय २२ नयाँ संक्रमित फेला परेका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ हजार नौ सय २२ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म नौ सय ७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै, गुजरातमा अहिलेसम्म नौ हजार दुई सय ६७ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि पाँच सय ६६ पुगेको छ ।

भारतको मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार एक सय ७३ संक्रमित फेला परेका छन् । २ सय ३२ जनाको मृत्यु भइसकेको छ । भारतको पश्चिम बंगालमा दुई हजार दुई सय ९० संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय ७ पुगेको छ ।

उत्तर प्रदेशमा पनि संक्रमित संख्या तीन हजार सात सय २९ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट ८३ जनाको मृत्यु भएको छ । बिहारमा नौ सय ४० संक्रमित पुग्दा सात जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म भारतमा २६ हजार दुई सय ३५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment