Comments Add Comment

१३ जुनदेखि इटालियन सिरी ए सुरु गर्ने तयारी

१ जेठ काठमाडौं । युरोपको शीर्ष पाँच लिग मध्ये एक इटालीको सिरी ए आगामी १३ जुमा सुरु गर्ने तयारी भइरहेको छ । तर यसका लागि इटलीको सरकारले स्वीकृति दिनुपर्नेछ ।

यदी सरकारले स्वीकृति दिए १३ जुनबाट सिरी ए फेरि सुरु गर्ने योजना रहेको छ ।

बुधबार भिडियो कन्फ्रेन्समार्फत लिगको जेनेरल एसम्लिले सरकारको निर्णय र मेडिकल प्रोटोकल अनुसार लिग फेरि सुरु गर्ने मिति बारे निर्णय गरेको बीबीसीले जनाएको छ ।

मेडिकल प्रोटोकल अनुसार कुनै टिमको एक खेलाडी र वा स्टाफ मात्रैलाई कोभिड १९ पोजिटिभ देखिए पूरै टिम नै दुई साता क्वारेन्टिनमा बस्नुपर्ने छ ।

इटालियन सिरी ए को शीर्ष डिभिजनका क्लबहरु मे महिनामा ट्रेनिङमा फर्किएका छन् । तर खेलाडीहरुले व्यक्तिगत रुपमा मात्र ट्रेनिङ गर्न पाउनेछन् ।

विश्वभर महामारीको रुपमा रहेको कोभिड-१९ ले गर्दा सिरी ए ८ मार्च देखि स्थगित गरिएको छ । लिगमा यस सिजन अझै १२ चरणको खेल बाँकी छ । युभेन्ट्स लाजियोलाई १ अंकले पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा छ ।

सोमबारदेखि टिमहरुले सामूहिक रुपमा ट्रेनिङ गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।

कोभिड१९ ले धेरै प्रभावित गरेको राष्ट्रहरुमध्ये इटली पनि अगाडि छ ।

गत साता फिरोरेन्टिनाका ३ खेलाडी र ३ सपोर्ट स्टाफलाई कोभिड१९ पोजिटिभ देखिएको थियो । यस्तै टोरिनोको खेलाडीमा पनि कोभिड पोजिटिभ देखिएको थियो । गत मार्चमा लिग स्थगित भएयता कम्तीमा पनि १९ जनालाई कोभिड१९ पोजि६भ भएको स्काई स्पोर्ट्सले जनाएको छ ।

इटलीमा फुटबल फर्काउने पहल भइरहे पनि त्यहाँको खेलकुद मन्त्री भिनसेन्जो सपाडाफोरले पनि सावधानी अपनाउनुपर्ने बताएका छन् । उनले सरकारको लाइन सबैको स्वास्थ्यलाई सुरक्षित राख्नु बताएका छन् ।

उनले सबैको सुरक्षाको ग्यारेन्टी भएपछि मात्र सिरी ए फेरि सुरु हुने बताए ।

कोभिड-१९ के कारण फ्रेन्च लिग वान रद्द भइसकेको छ । यस्तै इंग्ल्याण्डको प्रिमियर लिग जुन १ पछि सुरु गर्ने तयारी भइरहेको छ । स्पानिस ला लिगा जुन दोस्रो साताबाट सुरु गर्ने विषयमा तयारी भइरहेको छ ।

जर्मनीको बुण्डेशलिगा भने १६ मे अर्थात आउँदो शनिवारदेखि पेरि सुरु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment