Comments Add Comment

सप्तरीका संक्रमित युवकको सम्पर्कमा आएका २३ जनाको रिपोर्ट नेगेटिभ

१ जेठ, सप्तरी । कोरोना संक्रमित सप्तरीका युवकको सम्पर्कमा आएका २१ जनाको स्वाब परीक्षण नेगेटिभ आएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका– ३ हटैल टोलका १८ बर्षीय युवकमा गत वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित युवकको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

उनको सम्पर्कमा आएका उनका आमा, हजुरआमा र हजुरबुवासहित २३ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

संक्रमित युवकको गत वैशाख २५ गते स्वाब परीक्षण गरिएको थियो । तर रिपोर्ट नआउँदै उनलाई क्वारेन्टाइनबाट घर पठाइएको थियो ।

रिपोर्ट नआउँदै उनीसँगै क्वारेन्टाइनमा राखिएका १२ जनासहित उनको सम्पर्कमा गएका २१ जनाको स्वाब परीक्षण गरिएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।

पहिलो पटक स्वाब परीक्षण नेगेटिभ आए पनि उनका आमा, हजुरआमा र हजुरबुवाको पुनः परीक्षण गरिने भन्दै यादवले तत्कालका लागि उनीहरुलाई पातोस्थित कन्त चन्द्र माविको क्वारेन्टाइनमै राखिएको बताए । अन्यलाई भने घर पठाइएको छ ।

यस्तै, संक्रमित युवकको गरिएको कन्टयाक्ट ट्रेसिङ्गमा उनीसँग थप २१ जना सम्पर्कमा रहेको पाइएकाले उनीहरुको पनि स्वाब परीक्षण गरिने यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment