Comments Add Comment

सीमा क्षेत्रमा सुरक्षा बल तैनाथ गर्न क्रान्तिकारी माओवादीको माग

१ जेठ, काठमाडौं । मोहनवैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा क्षेत्रमा सुरक्षा बल तैनाथ गर्न माग गरेको छ ।

पार्टीको स्थायी समितिको बैठकले राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता रक्षाका लागि अविलम्ब समग्र नेपाली भूमिसहितको नक्सा सार्वजनिक गरी सुरक्षाबल राख्न माग गरेको हो ।

अतिक्रमित भूमि फिर्ता ल्याउन लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सीमा सम्बन्धी विषयहरुलाई अन्तर्राष्ट्रियकरण गर्नसमेत क्रान्तिकारी माओवादीले माग गरेको छ ।

पार्टी महासचिव मोहन वैद्य किरणको अध्यक्षतामा बसेको बैठकले सीमा अतिक्रमणको विषय अन्तर्राष्ट्रियकरण गर्न दबाब दिन विरोधका कार्यक्रम पनि घोषणा गरेको छ ।

साथै, बैठकले सीमा विवाद र कोरोना महामारीको विषयमा छलफल गर्दासमेत संसदमा सबै दललाई सहभागी नबनाएको प्रति विरोधसमेत जनाएको छ ।

बैठकले भारतलगायत विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्न र राहतको व्यवस्था गर्नसमेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment