Comments Add Comment

भारतसँगको सिमानामा तारबार लगाऊ :  साझा पार्टी

२ जेठ, काठमाडौं । साझा पार्टीले नेपाल-भारत सिमाना तारबारसहित बन्द गर्न सरकारलाई आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गरी साझा पार्टीले सीमा क्षेत्रका स्थानीय वासिन्दालाई समस्या नपर्ने गरी नेपाल-भारत सीमाका निश्चित नाकामा अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र बाँकी ठाउँ तारबारसहित बन्द गर्न  माग गरेको हो ।

साझा पार्टीका प्रवक्‍ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी राहदानी, नागरिकता र परिचयपत्रको साथै अन्य प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नु नेपाल र भारत दुवैको दीर्घकालीन हितमा हुने पनि बताएका छन् ।

साझा पार्टीले देशबाहिर स्वदेशी नागरिक र देशभित्र विदेशी नागरिक कुन प्रयोजनका लागि कति संख्यामा छन् भन्ने अभिलेख सार्वभौम मुलुकका लागि महत्वपूर्ण हुने भन्दै अहिले कोभिड-१९ को व्यवस्थापनमा समेत यस्तो सूचनाको महत्व खट्केको बताएको छ । खुला सिमानाले चोरी, डकैती, तस्करीलगायत राष्ट्रिय सुरक्षाका संवेदनशील पक्षमा अनगिन्ती जटिलता निम्त्याएकाले पनि सीमा नियमन गर्नुपर्ने साझा पार्टीले बताएको छ ।

साझा पार्टीले भारतसँगको सीमा समस्या गम्भीर देखिँदै गएको भन्दै यो विषयमा भारत सरकारसँग कुटनीतिक र राजनीतिक तहमा वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । ‘साथै द्विपक्षीय वार्तामा ढिलाई हुने अवस्था भएमा सीमा विवाद नभएका ठाउँमा नेपालले एकतर्फीरूपमै तारबार लगाउन पहल गर्न समेत हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment