+
+
Shares

बाँकेका आठ कोरोना संक्रमितलाई बेलझुण्डी लैजाने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १५:२५

२ जेठ, नेपालगञ्ज । बाँकेमा शुक्रबार थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई दाङको बेलझुण्डी कोरोना अस्पताल लगिने भएको छ ।

नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका उनीहरु केही पहिले भारतबाट आएका थिए । ‘नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो’ गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भने ।

उनकाअनुसार उनीहरु फरक फरक समूहमा आएका थिए स्थानीय तहले बनाएको तीन वटा क्वारेन्टाइनमा थिए ।

अब उनीहरुलाई दाङ लगिने भएको छ । बाँकेको खजुरास्थित कोरोना अस्पताल (सुशील कोइराला प्रखर क्यान्सर अस्पताल) मा वेड खाली नभएकाले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल लैजान लागिएको हो ।

अस्पतालमा ८८ आइसोलेसन बेड छ र, सबै खाली छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?