
लकडाउनको कारण घरबाहिर जान संभव नहोला । पार्लर जाने कुरा त हुँदै भएन । बजारमा सौन्दर्य प्रशाधन पनि नपाइन सक्छ । कसरी गर्ने त आफ्नो सौन्दर्यको ख्याल ?
पार्लर नभएपनि, सौन्दर्य प्रशाधन उपलब्ध नभएपनि केही छैन । घरमै उपलब्ध सामाग्रीबाट पनि सौन्दर्यको ख्याल राख्न सकिन्छ । जस्तो बलिउड अभिनेत्री करिना कपूरलाई हेरौं न, उनले घरेलु फेसप्याक बनाएर प्रयोग गरेकी भिडियो इन्स्टाग्राममा शेयर गरेकी छिन् । कसरी बनाइन् त करिनाले घरेलु फेसप्याक ? तपाईं÷हामी सबैका लागि उपयोगी हुनसक्छ यो टिप्स ।
आवश्यक सामाग्री
सुन्तलाको बोक्रो (सुकाएको)
चन्दन
गुलाब जल
सुन्तलाको बोक्रालाई पिसेर धुलो बनाउने । यसरी बनाइएको धुलोलाई बोत्तलमा राखेर लामो समयसम्म प्रयोग गर्न सकिन्छ । उक्त धुलोमा थोरै चन्दनको धुलो मिसाउने । त्यसमा गुलाव जल मिश्रण गरेर घोल तयार गर्ने ।
उक्त घोललाई अनुहारमा लगाउने, हल्का ढंगले । अनुहारको मसाज गर्दै घोल लगाइसकेपछि त्यसलाई १० मिनेट जति त्यतीकै रहन दिने । त्यसपछि सफा पानीले अनुहार पखाल्ने ।
गर्मीमा उपयोगी फेसप्याक
खासगरी यो घरेलु फेसप्याक गर्मीको लागि उपयोगी हुन्छ । गर्मीमा छाला रुखो हुने भएकाले उक्त फेसप्याक लगाउन सकिन्छ । यसरी तयार गरिएको फेसप्याकले अनुहार मुलायम र चम्किलो हुने बताइन्छ ।
प्रतिक्रिया 4