Comments Add Comment

वैदेशिक रोजगारीबाट फर्केका युवालाई सुरुवाती पुँजी उपलब्ध गराउने घोषणा

२ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहने युवाहरूलाई यस्तो सुविधा दिने घोषणा गरिन् ।

नयाँ उद्यम गर्न सरकारले युवाहरूलाई पनि सुरुवाती पुँजी उपलब्ध गराइने भएको हो । नवप्रबर्द्धनात्मक स्टार्टअप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उक्त कार्यक्रमका लागि सरकारले चालु आवमा सञ्चालित कार्यक्रमलाई पुनर्संरचना गरेर कार्यक्रम क्षेत्र विस्तार गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

पर्याप्त आन्तरिक रोजगारी नभइसकेको अवस्थामा कोभिड-१९ का कारण आन्तरिक रोजगारी नहुने र वैदेशिक रोजगारी घट्ने भएकाले वेरोजगारीको संख्या बढ्ने सम्भावना देखिएको भन्दै युवाहरूलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने सरकारी नीति रहेको पनि उनले बताइन् ।

सिपयुक्त र दक्ष जनशक्ति बनाउनका लागि घुम्ती तालिम केन्द्रहरू सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको पनि उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment