+
+
Shares

उद्योग मन्त्रालयले दियो उदयपुरलाई पीपीई

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १५:१२

२ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोरोना प्रभावित जिल्ला उदयपुरका लागि २ सय थान पीपीई उपलब्ध गराएको छ ।

उदयपुर–काठमाडौं सहजिकरण समिति तथा उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद सुरेशकुमार राई (हिमाल) को आग्रहमा मन्त्रालयले पीपीई उपलब्ध गराएको हो ।

मन्त्री लेखराज भट्टले बिहीबार नै उत्तः पीपीई सांसद राईलाई हस्तातन्तरण गरे । बिहीबार बुझाएर शुक्रबार बिहानै उदयपुर पठाइसकिएको सांसद राईले अनलाइनखबरलाई बताए ।

उदयपुरबाट काठमाडौं आई दैनिक ज्याला मजदूरी गरी जिविकोपार्जन गरिरहेका न्यून आय भएका मजदूर र विद्यार्थी वर्गलाई सहयोग गर्न भन्दै संविधान सभा सदस्य रामबहादुर थापा मगरको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको थियो ।

उक्त समितिले समस्यामा परेका ५०० भन्दा बढी परिवारलाई राहात वितरण गरिसकेको र समस्या परेका परिवारको छनोट कार्य समेत भैरहेकोसमितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?