Comments Add Comment

पर्सामा कन्ट्याक्ट ट्रेसिङका लागि संयुक्त कार्यदल गठन

२ जेठ, वीरगञ्ज । पर्सामा कोभिड–१९ संक्रमितको कन्ट्याक्ट ट्रेसिङका लागि संयुक्त कार्यदल गठन गरिएको छ ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर प्रसाद चौरसियाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा नेपाली सेना, नेपाल प्रहरीका प्रहरी निरीक्षक, वीरगञ्ज महानगरपालिकाका हेल्थ असिस्टेन्ट २/२ जना, सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख सदस्य छन् ।

शुक्रबार बसेको सरोकारवालाको बैठकले कार्यदल गठन गरेको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

जिल्लामा संक्रमितको संख्या बढेपछि कन्ट्याक्ट ट्रेसिङमा कठिनाई भइरहेको थियो । र, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरेर मात्र थ्रोट स्वाब संकलन गर्ने गरिएको छ ।

बैठकले प्रत्येक पालिकाका स्वास्थ्य प्रमुखलाई समेत कन्ट्याक्ट ट्रेसिङ सम्बन्धी अभिमुखीकरण गर्ने निर्णय समेत गरेको छ । कोभिड–१९ को तथ्यांक सम्बन्धि कामका लागि स्वास्थ्य कार्यालयका नवल किशोर साह र वीरगञ्ज महानगरपालिकाका उमेशप्रसाद गोढलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment