Comments Add Comment

अमेरिकाको तल्लो सदनबाट ३० खर्ब डलरको राहत प्याकेज अनुमोदन

फाइल तस्वीर

३ जेठ, काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ३० खर्ब डलरको राहत कार्यक्रमको प्रस्ताव अनुमोदन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण अर्थतन्त्रमा पर्ने नोक्सानी कम गर्न यो राहात योजना ल्याइएको हो ।

यद्यपि, सत्तारुढ रिपब्लिकनले भने यो राहात प्याकेजको विरोध गरेको छ । शुक्रबार तल्लो सदनमा भएको मतदानमा यो प्रस्ताव २०९–१९९ भोटले अनुमोदन भएको हो ।

तल्लो संसद्ले पारित गरेको यो राहतको योजना यसअघि ल्याइएको कोरोना भाइरसको महामारीको चार राहत प्याकेजभन्दा पनि महँगो हो । यो राहत प्योकेजमा महामारीविरुछद्ध लड्न राज्य र स्थानीय सरकारको लागि १० खर्ब दिने उल्लेख छ । साथै प्रत्येकलाई प्रत्यक्ष रुपमा एक हजार दुई सय डलर दिने प्रस्ताव गरिएको छ । साथै अन्य केही क्षेत्रहरुलाई पनि सहयोग दिने उल्लेख गरिएको छ ।

यद्यपि, माथिल्लो संसद्बाट भने यो प्रस्ताव पारित हुने सम्भावना निकै कम छ । डेमोक्रेट्सले ल्याएको यो प्रस्ताव माथिल्लो संसद्बाट पारित नहुने रिपब्लिकनले बताइसकेको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment