+
+
Shares

कैलालीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३ गते २१:४३

३ जेठ, कैलाली । लागू औषध ब्राउन सुगरसहित कैलालीमा २ जना पक्राउ परेका छन् ।

सामुदायिक सेवा केन्द्र धनगढीका प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दको टोलीले शनिबार  धनगढी उपमहानगरपालिका–६ बिजुलियाका सुरज चौधरी र ११ का अर्जनु चौधरीलाई पक्राउ गरेको हो ।

घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुको घर खानतलास गर्दा लुकाएर राखेको  ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?