Comments Add Comment

आयुर्वेदअनुसार यी हुन् स्वस्थ शरीरका ९ संकेत

आफ्नो स्वास्थ्य स्थिति कस्तो छ ? सामान्यत: यसका लागि हामी अस्पताल वा स्वास्थ्य केन्द्रमा गएर स्वास्थ्य जाँच गर्छौं । यद्यपि हामी कति स्वस्थ, तन्दुरुस्त छौं भन्ने कुरा हाम्रा सामान्य दिनचर्या वा आनीबानीबाट पनि प्रष्ट हुन्छ।

आयुर्वेदले यसका निम्ति एउटा सरल प्रणाली अपनाएको छ । आयुर्वेद भन्छ, शरीरमा तीन किसिमको दोष पाइन्छ– वात, पित्त र कफ । यही तीन दोषका अनुसार तपाईंको शरीरको बनावट, दोष, मानसिक अवस्था र स्वभाव पत्ता लगाउन सकिन्छ । आयुर्वेदमा राम्रो स्वास्थ्यको दश संकेत बताइएको छ ।

१. चुस्त पाचन प्रणाली

आयुर्वेदअनुसार यदि तपाईंले खाना खाएपछि बोझिलो एवं भारी महसुस गर्नु राम्रो संकेत होइन । बरु, खाना खाइसकेपछि हल्का र तन्दुरुस्त महसुस गर्नुपर्छ भने तपाईंको रहनसहन र आहार एकदम सही छ भन्ने बुझिन्छ ।

प्राय: मानिसहरू खाना खाइसकेपछि पेटमा ग्यास हुने, छातीमा जलन हुने, सुस्त एवं आलस्य महसुस हुने गर्छन् । यसको मुख्य दुई कारण हुन सक्छ । या त तपाईं कुनै रोगको शिकार हुनुहुन्छ वा तपाईं सही ढंगले सही मात्रामा खाना खाइरहनुभएको छैन ।

२. पाँच इन्द्रियले सही काम

मानव शरीर अद्भूत छ । हाम्रा पाँच इन्द्रिय छन् । यही इन्द्रियले हामी अनेक कुरा महसुस गर्न सक्छौं । यदि तपाईं आफू आसपासको क्षेत्रबारे के भइरहेको छ भन्ने कुरा महसुस गर्न सक्नुहुन्छ भने तपाईंको इन्द्रिय ठिकठाक छ ।

आफू अगाडिको कुरा स्पष्ट देखिरहनुभएको छ । आफ्नो आसपासको आवाज स्पष्टसँग सुनिरहनुभएको छ । आफू आसपासको मौसम सही ढंगले अनुभूत गरिरहनुभएको छ । आफू आसपासको गन्ध, सुगन्ध राम्ररी महसुस गरिरहनुभएको भने तपाईंको इन्द्रियहरू ठिक छन् ।

३. शान्त स्वभाव एवं प्रसन्न मन

तपाईंको स्वभाव जति शान्त र शीतल छ, उति नै तपाईं ठिकठाक हुनुहुन्छ । सामान्यत शारीरक वा मानसिक रुपले समस्याग्रस्त मान्छे क्रोधित हुन्छन् । विचलित हुन्छन् । रिसाइरहेका हुन्छन् । डराइरहेका हुन्छन् । शान्त हुँदैनन् । तपाईंको शरीर जति स्वस्थ्य छ, उत्तिनै तपाईं शान्त रहनुहुन्छ । तपाईं उति नै उमङ्गित रहनुहुन्छ ।

४. उचित समयमा भोक

राम्रो पाचनको दुई संकेत हुन्छ । एक त तपाईंले खाना खाएपछि त्यो राम्ररी पच्छ । अर्को चाहि खाना खाने समयमा राम्ररी भोक लाग्छ । खाना पच्नु र सही समयमा भोक लाग्नु पनि पाचनयन्त्र सही छ भन्ने कुराको संकेत हो ।

५. समयमा निद्रा

हामी जतिबेर जागा रहन्छौं उति नै समय विश्राम पनि चाहिन्छ । शरीरलाई सही समयमा, सही अवधि विश्राम चाहिन्छ । यस्तो विश्राम हामी सुतेर वा निद्राको अवस्थामा लिन सक्छौं । यदि हाम्रो स्वास्थ्य राम्रो छ भने हामीलाई सही समयमा निद्रा लाग्छ । सुत्नसाथ गहिरो निद्रामा पर्छौं । राति निद्रा भड्किँदैन वा बिथोलिँदैन । निद्राबाट खुलेपछि चंगा अनुभव गर्छौं । यदि त्यसो हो भने तपाईंको स्वास्थ्य ठिक छ ।

६. सही समयमा उठ्ने

तपाईं प्राय कुन समयमा उठ्नुहुन्छ ? सुत्ने समयसँग निर्भर होला । तपाईं अबेर सुत्नुभयो भने अबेर नै उठ्नुहुनेछ । चाँडै सुत्नुभयो भने चाँडै उठ्नुहुनेछ । यदि तपाईंको उठ्ने तालिका नियमित छ भने पनि तपाईंको स्वास्थ्य ठिक छ भन्ने बुझिन्छ ।

७. दैनिक पेटको सफाइ

एक स्वस्थ व्यक्तिको पेटको सफाइ दिनमा दुई पटक हुन्छ । एक पटक बिहान र अर्को पटक साँझमा । यस्तोमा सही खानपानको आवश्यकता हुन्छ । यदि तपाईं सही खानपानबाट आफ्नो पेट सफा राख्नुहुन्छ भने तपाईंको शरीरबाट धेरै रोग हट्छ। यहाँसम्म कि पसिना आउनुपनि स्वास्थ्य जीवनको संकेत हो । पसिनाको माध्यमबाट शरीरबाट युरिनभन्दा बढी विषाक्त तत्व निस्किन्छ ।

८. सन्तुलित तौल

तपाईंको उचाइअनुसार उचित किसिमको तौल आवश्यक हुन्छ। यदि तपाईंको तौल सधैं उही रहन्छ वा धेरै घटबड हुँदैन भने यसलाई पनि राम्रो संकेत मान्नुपर्छ ।

तौल सन्तुलित राख्नका लागि सही खानपान, सहि दिनचर्या एवं सक्रियता आवश्यक हुन्छ ।

९. प्राकृतिक तागत र प्रतिरोधी क्षमता

जुन व्यक्ति काम गर्दा चाँडै थाक्दैन वा बलको श्रमको काम गर्न सक्छन् । साथै उनीहरूको रोग प्रतिरोधी क्षमता पनि बलियो हुन्छ । यस्तो व्यक्तिको शरीर सही हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment