Comments Add Comment

लकडाउनको मोडालिटीमा आमूल परिवर्तन गर्नुपर्छ

विश्व अर्थतन्त्र तथा सामाजिक व्यवस्था अहिले जोखिममा छ । कोरोना नामक भाइरसले मानव जीवनलाई मात्र जोखिममा पारेको छैन । यसबाट बच्न अपनाइएको नीति भनौं वा तरिका अर्थात् लकडाउनले आर्थिक सामाजिक व्यवस्थामा पनि आमूल परिवर्तन गराएको छ ।

मानिसको आवतजावत, उठबस, खानपान, कार्यशैली, सोच तथा समाजमा घुलमिलको अवधारणालाई पनि जर्र्जर पारेको छ । साथै, यसलाई परिवर्तनको दिशामा समेत डो¥याएको छ । कोरोनाकै कारण समग्र मानव जीवन मुख लुकाएर बस्न बाध्य भएको छ । नेपाल पनि यसबाट अछुतो बन्न सकेको छैन ।

तसर्थ यसबेला नयाँ ढंग र बदलिँदो एप्रोचमा सोच्नुपर्ने बेला भएको छ । यस पृष्ठभूमिमा अहिलेको परिस्थितिलाई व्यवस्थापन गर्ने हामीसँग तीनवटा बाटा र विकल्प रहेछन् ।

पहिलोमा सकेसम्म नोक्सानी नै हुन नदिने, दोश्रो कम नोक्सानी हुँदा नै जोगिने र तेस्रोमा अधिक नोक्सानीको अवस्थामा बजारिने वा आत्मसमर्पण गर्ने ।

यी विकल्पमध्ये पहिलो उपाय वा नोक्सानी नै नहुने विकल्पबाट हामी बञ्चित भइसक्यौं । अब बाँकी दुईमा अहिलेकै लकडाउनको मोडलले नोक्सानी कम होला कि अथवा यसमा परिवर्तन गर्नुपर्ला भन्ने हो ।

अहिले हामीले अपनाउँदै आएको लकडाउनको मोडेल इन्क्लुसिभ मोडल हो । यसले जीवन र जगतका सम्पूर्ण गति र क्रियाकलापलाई एउटै कोठामा थुन्छ वा ताल्चा लगाएर छेक्छ । यसले कोरोनाको संक्रमणबाट जीवन त जोगाउने भए पनि लामो समयसम्म चल्ने यस्तो लकडाउनले जगतलाई भने जोगाउँदैन । यस्तो लकडाउनले अर्थव्यवस्थालाई किकडाउन र डिगडाउन गर्छ । यसले उत्पादनको गतिरोधलाई मद्दत गर्छ । फलस्वरुप भोकाहरूको संख्या बिस्तारै बढ्दै जान्छ ।

“अहिलेको इन्क्लुसिभ मोडेलको लकडाउनलाई एक्सक्लुसिभ मोडेलमा रुपान्तरण गरेमा जीवन र दैनिकी तथा अर्थतन्त्र दुवैलाई जोगाउन सकिन्छ । तसर्थ यस मोडललाई इन्क्लुसिभबाट एक्सक्लुसिभ बनाऔं यसो गर्नु सुल्टो कार्य हुन्छ ।’

अनि त्यस्ता जनतालाई लकडाउनको विरुद्धमा जान उत्प्रेरित गर्छ । अर्कातिर विश्व स्वास्थ्य संगठनले समेत यो कहिलेसम्ममा नियन्त्रणमा आउँछ भनेर भन्न सकेका छैनन् । खोप कहिलेसम्म तयार हुन्छ भन्ने यकिन छैन ।

यस यथार्थलाई ध्यानमा राखेर लकडाउनलाई जीवन पनि जोगाउने जगत पनि बचाउने बनाउन यसलाई हालको मोडेलबाट एक्सक्लुसिभ मोडेलमा रुपान्तरण गर्नु आवश्यक देखिएको छ ।

तसर्थ यस विषयमा अहिलेको परिस्थिति र यो मोडल कायम रहँदासम्म हुन सक्ने जोखिम तथा कृषि कार्य, उद्योग, व्यवसाय एवं परियोजना सञ्चालन हुन लाग्ने समयको समेत मूल्याङ्कन गरेर हामीले अपनाउनुपर्ने मोडेल अर्थात् लकडाउनको एक्सक्लुसिभ मोडेल यहाँ प्रस्ताव गरिएको छ ।

१. परिमार्जित मोडलः

कोरोनाबाट जोखिममा पर्ने समूह खासगरी श्वासप्रश्वास, मधुमेह, क्यान्सर, किड्नीका बिरामी, गर्भवती तथा सुत्केरी, वृद्धवृद्धा र बालबालिकालाई विशेष हेरचाहका साथ राखौं ।

यी वर्गलाई कोरोना तथा अन्य रोगबाट जोगाउने र बाँकीले आवश्यक भौतिक दुरी कायम गरी काममा फर्कने गरी लकडाउनलाई परिमार्जित मोडेलको लकडाउनमा रुपान्तरण गरौं । तर, कोरोना संक्रमित व्यक्तिहरूको पहिचानका लागि परीक्षणको कार्यभने जारी राखौं । यसलाई सकेसम्म तीव्रता दिऔं ।

२. लकडाउनले जीवन र जगतमा परेको प्रभाव

अहिले लकडाउनका कारणले एकातिर उत्पादन ठप्प छ । आपुर्ति व्यवस्था खलबलिएको छ । कोरोनाबाहेकका रोग तथा स्वास्थ्य समस्याबाट धेरै मानिसहरू जोखिममा परेका छन् । हजारौंं गर्भवती महिला स्वास्थ्य संस्थाको सुत्केरीसेवाबाट बञ्चित भएकाले उनीहरू र नवजात शिशुको जीवन समेत जोखिममा परेको छ । श्रम, उत्पादन, आपुर्ति र उपभोगबीचको शृङ्खला र सम्बन्ध टुटेको छ । लकडाउन दुई महिना पुग्दानपुग्दै अवस्था खुकुलो हुँदै गएको छ । उद्योग तथा परियोजना सञ्चालन गर्न छ महिनाको समय लाग्ने कुरा उद्योगी तथा निर्माण व्यवसायीहरूले बताएका छन् ।

३. जोखिम डाउनको (जोखिम न्यूनीकरण गर्ने) मोडेल

अब जीवन र जगतलाई कम जोखिममा राखेर यथाशीघ्र सक्दो गति दिने र जीवन्त राख्ने बारे नयाँ तरिका सोचौंं । लोकतन्त्र, सामाजिक व्यवस्था र अर्थव्यवस्थालाई प्रतिकूल प्रभाव पार्ने प्रकृतिको लकडाउन (दुर्भाग्य निम्त्याउने) मोडालिटीबाट यसलाई जोखिम डाउनको मोडलमा ढालौंं । यसो गर्नु सुल्टो कार्य हुन्छ । बरु यसमा पनि जोखिम कम भएका र जोखिम बढी भएका स्थानका लागि फरकफरक प्रवन्ध गर्न सकिन्छ ।

४. उत्पादन कार्य र परियोजना सञ्चालन 

उत्पादनका कार्य तथा परियोजनका कार्यभने भौतिक दुरी कायम हुने गरी कार्य व्यवस्था परिवर्तन गरी सञ्चालनमा ल्याउने प्रवन्ध गरौं ।

५. केही संरक्षित क्षेत्र

बरु यसो गर्दा धेरै भिड हुने कार्य र व्यवसाय, बालबालिका जम्मा हुने ठाउँ तथा आर्थिक सामाजिक सेवाका कार्य जस्तै, विद्यालय तथा कलेजहरू, खेलकुद, सिनेमा हल, पार्टी प्यालेसजस्ता स्थान र कार्य अहिले नखोलौं ।

६. भोलिको सम्भावित खतरा

यसो गरिएन वा लकडाउनको मोडल परिवर्तन भएन भने भोलिका दिनमा कोरोना भाइरस बाहेकका कारणले जीवन र जगतमा पर्ने आर्थिक, सामाजिक, मनोवैज्ञानिक तथा स्वास्थ्य क्षेत्रमा पर्ने प्रतिकूल प्रभाव र त्यसबाट हुने नोक्सानी तथा जोखिम थामिनसक्नु हुनसक्छ । हजारौं मानिस भोक र कुपोषणमा पर्न सक्छन् । राज्य व्यवस्था नै कमजोर हुन सक्छ ।

७. बुद्धिमत्तापूर्ण र विवेकपूर्ण निर्णय

तसर्थ बेलैमा रणनीतिक बाटोको खोजी गरी बुद्धिमत्तापूर्ण र विवेकपूर्ण निर्णय गरेर त्यसको अनुशरण तथा कार्यान्वयन गर्नु आजको अनिवार्य आवश्यकता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment