Comments Add Comment

रौतहटका १० संक्रमितको जिल्लामै उपचार हुने

४ जेठ, रौतहट । रौतहट आइतबार संक्रमण पुष्टि भएका १० जना कोरोना संक्रमितको जिल्लामै उपचार हुने भएको छ । यसअघि जिल्लामा आइसोलेसन कक्ष नहुँदा वीरगञ्ज पठाइएकामा आइतबार पुष्टि भएका १० संक्रमितलाई जिल्लाकै गौर नर्सिङ इन्स्टिच्युटमा निर्माण गरिएको आइसोलेसनमा राखेर उपचार गर्न लागिएको हो । ४० शय्याको आइसोलेसन तयार भएको र त्यहाँ जिल्ला अस्पताल गौरका चिकित्सकले सेवा दिने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताए ।

‘आइसोलेसन वार्ड पहिले नै तयार गरिसकिएको थियो’ उनले भने, ‘आजै एकै दिनमा १० जना संक्रमित भेटिएको र वीरगञ्जमा पनि ठाउँ अभाव भएकोले चिकित्सकहरुको सल्लाहमा आजबाट गौरमै आइसोलेसन सेवा शुरु गरेका हौं ।’

आइतबार कोरोना पुष्टि भएका रौतहटको राजपुर र इशनाथ नगरपालिकाका १० जनालाई आइतबार बेलुका आइसोलेसनमा ल्याउने तयारी छ ।

गौरमा तयार पारिएको सो आइसोलेसन कोभिड लेभल १ को रहेको जिल्ला अस्पताल गौरका डा. कृष्ण साहले बताए । सो आइसोलेसनमा रहने संक्रमितको उपचार गर्न दुई वटा टिम तयार पारिएको उनले बताए ।

तीन–तीन जनाको दुई वटा टिममा एक मेडिकल अफिसर, एक पारामेडिक र एक नर्सिङ स्टाफ रहने उनले बताए ।

‘यो आइसोलेसनमा सामान्य अवस्थाका बिरामीलाई मात्र राख्ने व्यवस्था छ । हाल लक्षण नभएको र सामान्य लक्षण देखिएकालाई मात्रै यहाँ राखिनेछ’ डा. शाहले भने । बिरामीको अवस्था असामान्य भएमा, आईसीयू वा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आए रेफर गर्नुपर्ने उनले बताए ।

कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीको संख्या कम भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

आइतबार राजपुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षका गरी ६ जना र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका ३ पुरुषमा संक्रमण देखिएको छ । केही दिनअघि भारतको मुम्बइ, गुजरातलगायतका विभिन्न स्थानबाट आएकाहरुलाई इशनाथ र राजपुरमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । गत शुक्रबार उनीहरुको स्वाबको नमुना संकलन गरेर परीक्षणको लागी पठाएपछि आइतबार संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment