Comments Add Comment

खाद्यको गोरखा शाखाबाट चामल वितरण राेकियाे

५ जेठ, गोरखा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, गोरखाले चामलको बिक्री–वितरण स्थगित गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै खाद्यले बिक्री–वितरण स्थगित गरेको हो ।

आगामी दिनमा हुनसक्ने खाद्य संकटलाई मध्यनजर गर्दै बिक्री–वितरण तत्काललाई रोकिएको कार्यालय प्रमुख नवीन बस्नेतले जानकारी दिए ।

‘कोरोना महामारीले कार्यालयमा चामल ल्याउनसमेत समस्या भएको छ । त्यसैले अर्काे सूचना जारी नभएसम्मका लागि बिक्री नगर्ने निर्णय गरेका हौं,’ कार्यालय प्रमुख बस्नेतले भने ।

कार्यालयले लडकाउनपछि १० प्रतिशत छुटमा चामल बिक्री गर्दै आएको थियो । बस्नेतका अनुसार, कार्यालयमा अब मात्रै ७ सय २४ क्विन्टल मात्रै चामल मौज्दात छ ।

माछाखोला डिपो र सिर्दिवास डिपोमा भने चामल अभाव नभएको उनको भनाइ छ । उक्त डिपोमार्फत उत्तरी गोरखाका स्थानीयलाई सुपथ मूल्यमा चामल बिक्री हुँदै आएको छ ।

सिर्दिवास डिपोमा निर्धारित कोटाको चामल सबै ढुवानी भइसकेको उनले बताए । ‘सिर्दिवास डिपोमा यो वर्ष ३२ सय क्विन्टल कोटा थियो, सबै पूरा भइसक्यो । डिपोमा २ सय ५८ क्विन्टल चामल स्टक छ, अहिले ११ सय क्विन्टल पठाएका छौ,’ उनले भने ।

तीन हजार क्विन्टल कोटा थपका लागि माग गरेर केन्द्रमा पठाइएको उनले जानकारी दिए । कार्यालयबाट जापनिज, सोना मन्सुली र जिरा मसिना चामल बिक्री–वितरण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment