+
+
Shares

खुट्टा भाँचिने गरी कुट्ने प्रहरी प्रदेश कार्यालय तानिए

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते २१:३६

५ जेठ, जनकपुरधाम । वीरगञ्जमा दूध किन्न घरबाहिर निस्केका व्यक्तिको खुट्टा भाँचिने गरी कुटपिट गरेकोको आरोप लागेका प्रहरी कर्मचारी प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् ।

लकडाउनको समयमा बाहिर निस्केको भन्दै वीरगञ्ज महानगरपालिका १६ निवासी नागेन्द्र पटेललाई बसपार्कमा ड्यूटिमा खटिएका प्रहरीले लाठीले प्रहार गरेका थिए । लाठी प्रहारबाट ६७ वर्षीय पटेलको खुट्टा नै भाँचिएपछि लाठी प्रहार गर्ने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहले जानकारी दिए ।

पटेललाई बसपार्कमा डयुटिमा खटिएका असई लालबाबु साहले लाठी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउँदै सिंहले उनलाई प्रदेश प्रहरी कार्यालयमा तानिइसकिएको बताए । यहीँ राखेर उनले लाठी प्रहार गरेको सन्दर्भमा अनुसन्धान गरिने र दोषी पाइए कारबाही गर्ने सिंहले अनलाइनखबरलाई बताए ।

सिंहले यस्ता क्रियाकलापमा संलग्न नहुन प्रहरीलाई सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?