Comments Add Comment

बस लिएर काफल खान गएका युवा प्रहरी नियन्त्रणमा

६ जेठ, गोरखा । लकडाउनको समयमा बस रिजर्भ गरेर काफल खान गाएका ३० जना युवाहरूलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरानचोक गाउँपालिका-४ छोप्राकको मैदानबाट गाडी लिएर उनीहरू वडानम्बर २ नयाँबजार नजिकैको जंगलमा गएका थिए ।

विशेष सूचनाको आधारमा प्रहरी पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । ‘त्यो बाटोमा हाम्रो प्रहरीको कुनै पनि युनिट छैन भन्ने थाहा पाएर बसमा काफल खान जंगल गएछन्,’ उनले भने, ‘खादै गर्दा प्रहरी आएको देखेपछि गाडी लिएर भाग्न खोज्दा नियन्त्रणमा लिएका हौं ।’

इलाका प्रहरी कार्यालय हर्मीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाइ नियन्त्रणमा लिएको उनले बताए । बस लिएर काफल खान जाने अधिकांश यातायात मजदुर रहेको उनले जानकारी दिए ।

युवाहरूले प्रयोग गरेको ना५ख ४७६ नम्बरको बस पनि प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरूलाई आवश्यक कारबाही गरिने एसपी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment