+
+
Shares

लकडाउनमा कस्ता सवारी पास नभई चल्न पाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते २२:०५

६ जेठ, काठमाडौं । होम डेलिभरी सेवा प्रवाह गर्ने दुई पांग्रेसहितका अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारी साधनलाई पास नचाहिने भएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै त्यस्ता सवारीसाधनहरु निर्वाध सञ्चालन हुन पाउने स्पष्ट पारेको छ ।

लकडाउनको अवस्थामा शव वहान, एम्बुलेन्स,औषधि तथा स्वस्थ्य सामाग्री, सबै प्रकारका औद्योगिक कच्चापदार्थ तथा तयारी माल वस्तु, पेट्रोलियम पदार्थ, खाद्य वस्तु तथा पशुपन्छी आहार ढुवानीमा पनि सवारी पास नचाहिने विभागले स्पष्ट पारेको छ ।

तरकारी फलफूल, दूध तथा दुग्धजन्य पदार्थ ढुवानी एवम् अनलाइनमार्फत खाद्य वस्तुको ढुवानी गर्ने सवारी साधनका लागि पास नचाहिले विभागका निर्देशक एवं सूचना अधिकारी रविन्द्र आचार्यले बताए ।

होम डेलिभरी सेवा दिने दुई पांग्रे सवारी साधनले स्पष्टसँग आफ्नो साधनमा परिचय टाँस्नुपर्ने र दोस्रो व्यक्तिलाई पछाडि राख्न नपाइने विभागले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?