+
+
Shares

कर्णालीमा हेलिकप्टर प्रयोग गरेर स्वाब संकलन

एक हजार ७५३ जनाको स्वाब जुम्लामा ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते ९:३८

७ जेठ, सिञ्जा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ ।

हुम्लाका पाँच स्थानबाट ६००, कालीकोटका नौ स्थानबाट ६५३ जनाको र मुगुका दुई स्थानबाट पनि हेलिकोप्टरबाट स्वाब जुम्ला ल्याइएको हो ।

गाडीबाट ल्याइएको थप ५०० जनाको गरी एक हजार ७५३ जनाको स्वाब जुम्ला ल्याइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

जुम्ला ल्याइएको स्वाब भने दर्ता गरेर परीक्षण गरिने प्रयोगशाला प्रमुख विवेक पुनमगरले बताए ।

यसअघि जुम्लाको ८४७ जनाको एकै दिन स्वाब सङ्कलन गरेर परीक्षण गरिएको नतिजा नेगेटिभ आएको छ ।

स्वाब सङ्कलन गर्न चिकित्सकको टोलीलाई गत वैशाख २८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले जुम्ला पुगेर निर्देशन दिपछि हेलिकोप्टरमार्फत टोली जिल्ला-जिल्ला खटाइएको थियो ।

प्रतिष्ठानले यसअघि जोखिम जिल्ला बाहिरबाट आएका व्यक्ति, स्वास्थ्यकर्मी र पत्रकारको एक हजार ३१२ जनाको जुम्लामै पिसीआर परीक्षण गरी नतिजा नेगेटिभ आएको छ । त्यसअघि पनि ३२४ जनाको हेलिकोप्टरमार्फत काठमाडौँ स्वाब पठाएर परीक्षण गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?