+
+
Shares

गोकर्णेश्वर नगरपालिकाका १ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते ९:५७

७ जेठ, काठमाडौं । काठमाडौंमा मंगलबार भेटिएका तीन जना कोरोना संक्रमितमध्ये एकजना गोकर्णेश्वर नगरपालिका–४ को रहेको खुलेको छ ।

डेढ हप्ताअघि भैरहवाबाट तरकारी बोक्ने गाडी चढेर काठमाडौं आएका उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

गोकर्णेश्वर नगरपालिकाले हालै बाहिरी जिल्लाबाट आएका मानिसको खोजी गर्दा उनलाई भेटेर परीक्षण गर्न पठाएको थियो । उनको स्थायी घर गोकर्णेश्वर नगरपालिका-४ माइती नेपाल भन्ने ठाउँमा भए पनि लकडाउनका बीच उनी भैरहवा पुगेका थिए ।

उनलाई विहानै पाटन अस्पतालको आइसोलेसन वार्डमा लगिएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले बताए । ‘उहाँले कोकोलाई भेट्नुभएको छ, त्यसको कन्ट्याक ट्रेसिङको सुरु भइसकेको छ’ उनले भने ।

मंगलबार नै उनलाई कोरोना संक्रमण भएको थाहा पाइसकेपछि विहानै नगरपालिकाको एम्बुलेन्समा राखेर अस्पताल लगिएको ढुंगानाले बताए ।

नगरपालिकाले उनको सम्पर्कमा आएको परिवारको स्वाब परीक्षण गर्न लागेको छ । बुधबार विहानदेखि संक्रमित बसेकोे टोल पनि सिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?