Comments Add Comment

आर्थिक पत्रकारहरूको कोरोना बिमा

७ जेठ, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आबद्ध आर्थिक पत्रकारहरूको कोरोना बिमा गरिएको छ ।  युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमार्फत सेजनमा आबद्ध सदस्यहरूको कोरोना बिमा गरिएको हो ।

सेजनले आफ्ना प्रत्येक सदस्यहरूको ५० हजार रुपैयाँ बराबरको बिमांक रकमको कोरोना बिमा गराएको छ । बिमापछि सेजनमा आबद्ध विभिन्न सञ्चारमाध्यममा कार्यरत आर्थिक पत्रकारहरूलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा जोखिम कम हुनेछ।

युनाईटेड इन्स्योरेन्सले यस बन्दाबन्दीको अवधिमा डिजिटल प्रविधिको माध्यमबाट बिमा सेवा प्रवाह गरिरहेको जानकारी गराएको छ ।

कम्पनीका अनुसार हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, बिमा अग्नि बिमा, इन्जिनियरिङ बिमा, कृषि तथा पशुपन्छी बिमालगायत बिमालेख जारी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment