+
+
Shares

बीमा कम्पनीका ऋणीले ब्याज रकमकाे १५ प्रतिशत छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते १७:४२

७ वैशाख, काठमाडौं । बीमा कम्पनीहरुबाट ऋण लिएका ऋणीहरुले ब्याजको १५ प्रतिशत छुट पाउने भएक छन् ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै ऋणीलाई ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो ।

बैंक तथा वित्तीइ संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ब्याजदर नै २ प्रतिशत छुट दिन भनेको छ भने चैतमा तिर्ने ऋणको किस्ता तथा ब्याज असार मसान्तमा तिरे पनि हुने व्यवस्था गरेको छ ।

बैंकमा चैतमा तिर्नु पर्ने ऋण चैतमै तिरेको अवस्थामा भने १० प्रतिशत छुट हुनेछ ।

बीमा समितिले भने लकडाउन सकिएको एक महिनाभित्रमा ऋण तिर्दा ब्याजको १५ प्रतिशत छुट दिने भएको हो । यो तत्कालै कार्यान्यनमा जाने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए ।

बीमा लेख धितोमा राखी बीमा कम्पनीहरुले बिमितहरुलाई ऋण दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?