Comments Add Comment

आमाबुबाको रुखो व्यवहारले बालबच्चामा हीनताबोध र भय

बालबच्चालाई सधैं पुल्पुल्याएर राख्न सकिँदैन, मिल्दैन पनि । उनीहरूले गर्ने कतिपय गल्तीमा क्षमा दिन सकिने अवस्था पनि हुँदैन । त्यसैले जानीबुझी कुनै गल्ती गरेमा उनीहरूलाई हप्काउने, पिट्ने गरिन्छ । तर, अज्ञानतावश कुनै काम बिगारेमा वा गल्ती गरेमा उनीहरू सामु कडा रुपले प्रस्तुत हुन उचित हुन्न ।

जब बच्चाले त्यस्ता गल्ती गर्छन्, हामी गाली गर्छौं, कुट्छौं । यस्तो बेला हामीलाई लाग्छ, यसरी गाली वा कुटाइ खाएपछि उनीहरुले अरूबेला गल्ती दोहोर्‍याउँदैनन् । कतिपय अभिभावकले छोराछोरीलाई यस्तो सजाय पनि दिन्छन्। ताकि त्यो सजाय सम्झेर उनीहरूले कुनैपनि गल्ती गर्ने छैनन्।

के हामीले सोचेजस्तै नतिजा हात लाग्छ त ? बालबालिकाले गरेको गल्तीविरुद्ध जति कडा सजाय दिइयो त्यति नै प्रभावकारी हुन्छ ? गाली वा कुटाइले उनीहरू सही बाटोमा लाग्छन् ? गल्ती दोहोर्‍याउँदैनन् ?

एक हदसम्म यो सोचाइ ठिकै हुन सक्छ । तर, विभिन्न अध्ययनबाट के पाइएको छ भने बच्चासँग हामीजति कडा रुपमा प्रस्तुत हुन्छौं, त्यसको नतिजा खराब आउन सक्छ ।

हाम्रो गालीले उनीहरूलाई सुधार्ने होइन बरु अरू कठोर र खराब बनाउँदै लाने खतरा पनि रहन्छ । विशेषज्ञहरूका अनुसार बच्चाहरूसँग कडाइका साथ प्रस्तुत हुनाले बच्चा रिसाहा, जिद्दी र छुच्चा हुन सक्छन् । भनिन्छ, आमाबुबाले जस्तो व्यवहार देखाउँछन् बच्चाले पनि त्यही कुरा सिक्नेगर्छ र त्यस्तै व्यवहार देखाउने गर्छन् । जुन घरमा बच्चालाई माया र स्नेह मिल्दैन त्यस घरमा हुर्कने बच्चाहरू उग्र र अराजक हुन्छन् ।

यसले उनीहरूको आत्मविश्वास कमजोर हुन थाल्छ। उनीहरू हीन भावनाले पनि ग्रस्त हुँदै जान्छन् । यति मात्रै होइन यी सबै कुराले उनीहरूको दिमागमा पनि नराम्रो प्रभाव पर्छ र काहीँ न काहीँ उनीहरू यसैकारण जीवनमा पछि पर्छन् ।

उनीहरू ससाना कुरामा पनि डराउँछन् । उनीहरू आफ्नै घरमा पनि असुरक्षित भएको महसुस गर्छन् ।

जुन घरमा बच्चालाई स्नेहको र उपयुक्त हेरविचारको माहोल मिल्दैन त्यस घरको बच्चाको व्यवहारमा पनि ठूलो परिवर्तन देख्न सकिन्छ । बच्चाहरुलाई हरेक कुरामा गाली गर्ने गरेमा उनीहरूको स्वभाव रिसाउने र जिद्दी हुन थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment