 
																						८ जेठ,अत्तरिया । सुदूरपश्चिम प्रदेशसभाको छैटौँ वर्षे अधिवेशन सञ्चालनको यही जेठ १३ गतेदेखि सञ्चालन गरिने भएको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि सुरक्षा मापदण्ड अपनाएर उक्त मितिदेखि अधिवेशन सञ्चालन गरिने भएको हो ।
प्रदेशका सभामुख अर्जुनबहादुर थापाले प्रदेशको बजेट ल्याउन पूर्वबजेट, बजेटका सिद्धान्त, प्राथमिकता, नीति तथा कार्यक्रमलगायतका एजेण्डामा छलफल गर्नुपर्ने भएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाएर बैठक सञ्चालन गरिने बताए ।
प्रदेशसभा बैठक सञ्चालन गर्नुअघि प्रदेशसभा सदस्यको स्वास्थ्य परीक्षण, सवारी साधनमा डिसइन्फेक्टेन्ट छर्किने, प्रदेशसभा हल बाहिर सेनिटाइजरको व्यवस्थापन गर्ने, बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यका लागि मास्कको व्यवस्था गर्नेलगायतका काम अघि बढाइएको जनाइएको छ ।
सचिवालयले आज सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतको स्वाब सङ्कलन गरेको छ । सचिवालयका सचिव रामसिंह धामीले आज कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका ११२ जनाको स्वाब सङ्कलन गरिएको बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4