+
+
Shares

भारतबाट आएका चितवनका वृद्ध दम्पतीमा कोरोना संक्रमण

सुवास पण्डित सुवास पण्डित
२०७७ जेठ ९ गते ९:३५

९ जेठ, चितवन । भारतबाट आएका तीन जनालाई चितवनमा गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको छ । तीन जनामध्ये दुई जना चितवनका हुन् भने एक जना नवलपरासीका हुन् । भरतपुर महानगरपालिका वडा नं. ६ केशरवागका दुई वृद्ध दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरू चितवनबाट भारत गई क्यान्सरको उपचार गराएर जेठ १ गते फर्किएका थिए । कोरोना संक्रमण भएका पुरुष ७४ वर्षका छन् भने महिला ७३ वर्षकी छन् । उनीहरूसँगै भारत गएका छोरामा भने कोरोना संक्रमण देखिएको छैन ।

उनीहरू दुई साताअघि भारतबाट आएको खुलेको छ । उनीहरूलाई भरतपुर कोरोना अस्पतालमा राखिएको छ। उनीहरूको अवस्था उमेरअनुसार सामान्य नै रहेको अस्पतालले जनाएको छ ।

यस्तै नवलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नं. ६ का एक ४३ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनको अवस्था पनि सामान्य छ। उनी भारतबाट नेपाल आएका थिए ।

भरतपुर कोरोना प्रयोगशालामा बिहीबार गरिएको एक सय ३१ परीक्षणमध्ये तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा अहिलेसम्म गरिएका परीक्षणमा छ जनामा कोरोना संक्रमण देखिएको छ । यीमध्ये चार जना चितवनका हुन् भने दुई जना नवलपरासीका हुन्। चितवनमा संक्रमित दुई आमा छोरा निको भएर घर फर्किसकेका छन् ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?