+
+
Shares

कतारद्वारा एनआरएनएलाई डेढ करोडको खाद्यान्न सहयोग

रासस रासस
२०७७ जेठ ९ गते २०:१३
Photo Credit : QATAR NEWS AGENCY/AP
कतारका राजा शेख तामिम बिन हमाद अल थानी

९ जेठ, काठमाडौं । कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले एक लाख ३४ हजार डलर (करीब रु एक करोड ६० लाख) बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको एनआरएनले जनाएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तका अनुसार, सो खाद्यान्न सरकारले संस्थाको कतार शाखालाई हस्तान्तरण गरेको छ । प्राप्त सहयोग एनआरएनए कतारको सक्रियतामा नेपाली श्रमिकलाई वितरण भइरहेको पन्तले जानकारी दिए ।

एनआरएनका सचिव आरके शर्माका अनुसार, कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत सात हजार पोका खाद्यान्न संघलाई दिएको हो ।

कतारमा करिब ३ लाख ५० हजार नेपाली रहेको अनुमान छ । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले बिहीबार प्रकाशन गरेको सूचनामा पछिल्लो २४ घण्टामा पाँच हजार ४५ जनामा जाँच गर्दा थप एक हजार ५५४ जनामा कोरोना संक्रमण भेटिएको जनाइएको संस्थाको कतार शाखाका अध्यक्ष मोहम्मद मुक्तदाले बताए । तीमध्ये छ८८ जना निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको मुक्तदाले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?