+
+
Shares

भारतबाट आएका थिए बाराका संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १० गते ८:००

१० जेठ, काठमाडौं । बारामा शुक्रबार राति थपिएका सबै ६ जना कोरोना संक्रमितहरु भारतबाट आएको खुलेको छ । दिल्लीबाट एक जना, मुम्बईबाट ३ जना र हरियाणाबाट २ जना संक्रमित आएका थिए ।

सिम्रौनगढ नगरपालिका वडा ११ का २२ वर्षीय युवक रौतहटको बन्जरीया नाका हुँदै जेठ १ गते नेपाल भित्रिएका थिए । अन्य पाँच जना भने बाराकै नाकाबाट नेपाल भित्रिएका थिए ।

वडा नम्बर ७ का ३८ वर्षीय संक्रमित दिल्लीबाट जेठ १ गते नेपाल आएका थिए । उनी बारा नाका भएर सीधै क्वारेन्टाइनमा गएर बसेका थिए । दुई महिना अघिमात्रै उनी दिल्ली गएका थिए । दिल्लीमा उनी सिलाइको काम गर्दै आएका थिए ।

वडा नम्बर ७ कै ३४ र ४५ वर्षीय संक्रमित भने जेठ २ गते नेपाल आएका थिए । उनीहरु हरियाणाबाट बस रिजर्भ गरेर बिहार आएका थिए । उनीहरुसँगै बिहारका १४ जनाले बसमा मोतिहारीसम्मको यात्रा गरेका थिए । मोतिहारीबाट भने दुवै जना घोडासहन हुँदै सिम्रौनगढ आएका थिए ।

सिम्रौनगढ २ का २५ वर्षीय संक्रमित जेठ १ गते मुम्बईबाट आएका थिए । मुम्बईमा मिस्त्रीको काम गर्दै आइरहेका उनी ट्रक चढेर नेपाल आएका हुन् । वडा नम्बर १ का २७ वर्षीय संक्रमित पनि मुम्बईबाट नै आएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?