Comments Add Comment

भूमि व्यवस्था मन्त्रीद्वारा प्रचण्डलाई अध्यावधिक नक्सा हस्तान्तरण

१० जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा क्षेत्र समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी हुन् ।

शनिबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अध्यक्ष प्रचण्डलाई प्रदान गरेकी हुन् ।

नक्सा हस्तान्तरणका क्रममा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खट्ने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए ।

मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पर्खाइमा रहेको स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment