Comments Add Comment

कैलालीमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

१० जेठ, कैलाली । कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

माटोले ढिस्कोले पुरिँदा जिल्लाको बर्दगोरिया गाउँपालिका – ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घर पोत्न माटो खन्ने क्रममा पुरिएर शनिबार बिहान उनको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

ढिस्कोले पुरिएर अन्य दुई जना पनि घाइते भएका थिए । घाइतेहरु १९ वर्षीय कल्पना खड्का र ९ वर्षीय सुनील ढुंगानाको अहिले घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment